एमाले कास्कीको अधिवेशन: आज साढे १ बजेदेखि मदतान
पाेखरा | चैत १३, २०८०
पोखरा: नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन पोखरा समागृहमा जारी छ ।
नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयासभएपनि संभावना नदेखिएपछि आज (मंगलबार) दिउँसो साढे १ बजेदेखि मतदान हँुदैछ ।
आज हुने चुनावमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् ।
यद्यपी गुट उपगुट नभएको भन्दै यसलाई प्रजातान्त्रिक पद्धतीको परिभाषा दिइएको छ । तर यो चुनाव दुई गुटबीच हुँदैंछ । जसलाई केआर र पिएस नामबाट सम्बोधन गर्ने गरिएको छ ।
के आर समूहबाट अध्यक्ष पदका लागि बैन बहादुर क्षेत्री चुनावी मैदानमा छन् भने पिएस गुटबाट माधव बास्तोलाले टक्कर दिदैंछन् ।

यस्तै सचिवमा के आरको समूहबाट लेख बहादुर (दर्शन) लामा तामाङ उम्मेदवार छन् भने पिएस समूहबाट सुरेन्द्र गुरुङ उम्मेदवार छन् ।
विद्युतीय मेसिनबाट मतदान गराउने तयारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।
१ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नका लागि कुल ९ सय ३५ जना प्रतिनिधिले मदतान गर्नेछन् ।
यस्तो छ प्रचार समाग्री:-
बैन बहादुर क्षेत्री

दर्शन लामा

माधव बास्तोला

सुरेन्द्र गुरुङ
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

